दुई वर्ष बितेछ

२०६५ को स्काउट पत्रकारिता पुरस्कार तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका हातबाट पाएको थिएँ । प्रधानमन्त्री नेपाल स्काउटका प्रमुख हुन्छन् । पुरस्कार लिँदाको दिन मेरा लागि रोमाञ्चक थियो र अविस्मरणीय पनि बन्यो । किनभने पुरस्कार दिएको दुई वर्ष नबित्दै गिरिजाबाबुको निधन भयो । उनको निधन भएको पनि दुई वर्ष बिती पो सकेछ । Read More »

नानीको ‘स्क्रिन’ मा बस्ने बानी

नानीहरूको स्क्रिन टाइमको चिन्ता सर्वत्र बढ्दो छ, मुलुक विकसित होस् वा अरू नै केही । झुप्रो होस् वा महल, राजा होस् वा रंक- सबैले नानीहरूको यही बानीमा चिन्ता लिनु परेको छ ।
गत साल (सन् २०११ जनवरी २५) अमेरिकी सरकारको ‘नीति तथा कार्यक्रम’ (स्टेट अफ युनियन अड्रेस) प्रस्तुत गर्दा राष्ट्रपति बाराक ओबामाले भनेको सम्झन्छु, ‘बालबालिकाको पढाइमा सुधार ल्याउने जिम्मेवारी हाम्रा कक्षा-कोठाबाट शुरू हुन्न । हाम्रा घर र समुदायबाट शुरू हुन्छ । पढ्ने बानी बसाल्ने जिम्मेवारी परिवारले लिनुपर्छ । यो साह्रै विस्तारै हुने प्रक्रिया हो । घरमा टेलिभिजन बन्द भएको हुनुपर्छ र नानीहरूले होमवर्क गरेको हुनुपर्छ ।’
यो चिन्ता टेलिभिजनमा नानीहरूले समय बिताएको र परिवारले टेलिभिजन खोलेर उनीहरूको पढाइ राम्रो हुन नसकेको दुवैतर्फ लक्षित थियो । उता कम्प्युटरको प्रयोगमा पनि नानीलाई कति बस्न दिने र के गर्न दिने भन्ने चिन्ता स्वभाविक देखिन्छ ।
हालै मात्र राष्ट्रपति ओबामाले सन् २०१२ को स्टेट अफ युनियन अड्रेस (जनवरी २४) आयो । यस अड्रेसमा भने नानीहरू र टेलिभिजनको सन्दर्भ थिएन (फोटो चाहीँ यो वर्षको) । Read More »

रहरबाट जिम्मेवारी

हिउँ पर्छ है, त्यसबेलासम्म बिदा पाउँ भन्नुको एउटा कारण थियो । एउटा जिम्मेवार कारण । सक्नै पर्ने । करिब सकियो पनि । फुर्सद मिलेजस्तो जस्तो भएको छ । तर हिउँ चाहीँ यो वर्ष ढिलो पर्ने भयो । २०१२ जनवरीको १२ मै मात्र पर्ने मौसम-भविष्यवाणी छ । बिहान उठ्दा कम्तीमा पक्कै ६ इन्च । अहिले जनवरी ११ को राती ११ बजे ।
सन् २०१० अगस्तमा सुरु गरेको नेपाली न्युजलेटर ‘अक्षरिका’ ले मलाई एउटा जिम्मेवारी थपिदियो र भन्यो, ‘सक्छस् भने किताब तयार पार ।’ म पनि के कम गर्ने आँट गरे । धेरै थोकले साथ दियो । पिसकोर स्वयंसेवक डगलस हल, ज्वाईं सतन आचार्य र बहिनी तारा । नयाँ ठाउँ, समय र परिस्थिति । सबै ठिक मिल्यो । Read More »

राता, पहेंला रूखहरू

एक बथान परेवाहरू यताबाट उता उड्छन् । मैले देखेको मन्दिरको शहर काठमाडौंका परेवा मान्छेले छरेका अन्न खान्छन् । यहाँ चर्चमा पुग्छन् । त्यतै बस्छन् । मन्दिरमा जस्तो ह्वारह्वार अन्न नछरे पनि मान्छे चरा, लोखर्केलाई ख्वाउन रुचि राख्छन् ।

ह्विल-चियरमा हि‌डेका स्थानिय एक मित्रले आफ्नो बास्केटमा बदाम बोकेका थिए । उनलाई मैले सोधें, ‘किन बोक्यौं ?’ उनले भने, ‘लोखर्केलाई ख्वाउँछु नि ।’
परेवा मात्र एक्ला छैनन्, म्यानचेस्टरको आकाशमा उड्ने । शहरको मध्य हुँदै सिगुल चराहरू यता र उता गर्छन् । यीनको बथान छैन । एक्लाएक्लै लाग्छन् ।
परेवा मेरा लागि नयाँ होइनन् । तर यहाँका परेवाका लागि म नयाँ हुँ । परेवाहरू त्यसरी नै गुर्छन् । भालेले पोथी रिजाउने तरिका उस्तै लाग्छ । मनलाग्दा बिस्ट्याउँछन्, जहाँ पायो त्यहिं । बानी त उस्तै रहेछ । तर मानिस यहाँका सफा रूचाउँछन् । सफा गर्छन् । Read More »

अशोक, तिमी केहि गर्न सक्छौं

एउटा उत्साही अनि जिज्ञासु बालक, त्यो पनि स्कूले उमेरको । मलाई लाग्छ, उसँग मेरो पहिलो भेट काठमाडौं, बूढानिलकण्ठमा भएको ‘राष्ट्रिय बालक्लब सम्मेलन’ मा भएको थियो । सेभ द चिल्ड्रेन अलायन्स, कन्सोर्टियम र प्लान नेपालले २०६३ भदौ २०-२२ मा गरेको ‘परिवर्तनका पाइलाहरुमा ……… बालबालिकाको सहभागिताको अधिकार’ नामक उक्त सम्मेलनमा म एउटा कार्यपत्र प्रस्तुत गर्न पुगेको थिएँ । मेरो प्रस्तुति राखिएको २१ गते काठमाडौं अशान्त थियो । यातायात सुचारु थिएनन् । चाबहिलबाट बूढानिलकण्ठको ‘पार्क भिलेज होटल′ पुग्न मलाई निकै हम्मेहम्मे भएको थियो । चाबहिलबाट कसो-कसो गरेर तीन वटा गाडी फेर्दै म त्यहाँ पुगेको थिएँ । यो घम्साघम्सीको परिस्थितिले अशोक र मेरो भेट गराएको थियो । अशोक त्यहाँ आएका ३७ जिल्लाका ८८ बालबालिकामध्ये एक सहभागी थिए । यहाँ अहिलेको मेरो लेखनको केन्द्र बन्दैछन्, अशोक दर्नाल ।

उभो नेपालतिर केल्भिन डुलेथे

ए राजेश,
मैले तिम्रो ब्लग हेरें । निकै रमाइलो रहेछ । (उनले हेरेको ब्लग ‘म सानो छँदा’ स्तम्भको हो । त्यो अहिले खाली छ । सबै सामग्री यसै ब्लगमा सारिएको छ ।)
अनि मेरो दिमागमा एउटा प्रश्न उब्जेको छ, के तिमी नेपालको प्रख्यात राजनीतिक परिवार (जस्तै : बीपी) का सदस्य हौ ? (होइन भनेर मैले जवाफ फर्काएको छैन !!)
तिमीले सोधेअनुसार मैले आफ्नाबारेमा लेखेर पठाएको छु ।
साथमा हिमाल आरोहणसहितका तस्बिर अट्याच्ड गरेको छु ।
मेरो जिज्ञासा ‘केल्भिन केन्ट’ (तस्बिर : सगरमाथा चढ्ने तयारीका बेला र सन् २००९ मा केल्भिन) सँग थियो । म यता निकै माथिल्लो स्टेट- न्यु ह्याम्सरमा, उनी थोरै दक्षिण-पश्चिम कोलोराडोमा । गत वर्ष समाचार बनाउने क्रममा केन्टसँग फोनमा कुरा गरेको थिएँ । उनका बारेमा जान्न इन्टरनेट खुब चहारेको थिएँ । उनी नेपालसँग निकट रहेको थाहा पाएपछि थप बुझ्न मन लाग्यो र मैले इमेल पनि लेखे, अनि सोधे, ‘यसो लेख्नुस् न त नेपाल पुग्दाका कुरा ।’
मैले खोजेर केहि थाहा पाएँ । उनले केहि लेखे । उनी सन् १९७० मा दक्षिणी मोहडाबाट गरिएको अन्नपूर्ण हिमाल आरोहणका सहयोगी थिए । उनले गत वर्ष (सन् २०१०) ९ अक्टोबरमा कोलोराडो राज्यको औरेमा उक्त आरोहणसहितका नेपालका तस्बिरको एउटा प्रजेन्टेसन गरेका थिए । औरेमा चाहि एउटा ‘अपेरा हाउस’ लाई सहयोग जुटाउनु थियो । (उनले पछि इमेलमा मलाई भनेका थिए – सहयोगका लागि ५ हजार डलर उठ्यो ।)